रिबन

सूदुरपश्चिमकाे संकट पूर्व सर्‍याे,पूर्वी तराइमा भारी बर्षा सुरु,पर्सिसम्म पानी पर्ने

काठमाण्डौं । बर्षाले सुदुरपश्चिमलाई सताइरहेको बेलामा अब यो चपेटामा पूर्वी तराई पनि परेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार गएको ६ घण्टामा पुर्वी तराइमा भारी बर्षा भएको छ । भारी बर्षाले यी क्षेत्र भएर वहने नदी तथा खहरेमा ठुलो बाढी आउन सक्ने भन्दै महाशाखाले सतर्क रहन नदीआसपासका वस्तीका वासिन्दालाई सचेत गराएको छ ।

तटीय क्षेत्र र डुवान भइरहने क्षेत्रमा सर्तकता अपनाउन विभागले सचेत गराएको हो । यो बर्षाको क्रम अझै दुइ दिन रहने विभागको अनुमान छ । विभागका अनुसार पर्सि देखि मात्र मौसममा सुधार आउनेछ । धानवाली भित्रयाउने बेलामा आएको बर्षा र बाढीले खेती नष्ट गरेको छ भने यसले सुदुरपश्चिममा ठुलो क्षति गरिसकेका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *