रिबन

एमालेलाई चुनाव लाग्याे,वागमती प्रदेश कमिटीमा केपीले यस्ताे सम्म भने..

काठमाण्डौं । वागमती प्रदेश कमिटीलाई केपी ओलीले सम्वोधन गरेका छन । दशैं लगत्तै राजनीतिक कार्यक्रममा सक्रिय रहेका ओलीले यस प्रदेशका कार्यकर्ताको मनोवल बढाउने काम गरेका छन । उनले आगामी चुनावलाई लक्षित गरेर सम्वोधन गरेका छन । उनले यो पाँच बर्षमा गरेको काम र अब गर्ने कामको फेहरिस्त तयार पार्न निर्देशन दिएका छन ।

उनले एमाले वाहेक कुनैपार्टी चुनाव जित्नै नसक्ने बताएका छन । उनले मनोवल उच्च राख्न र युवा पुस्तालाई जसरी पनि सुर्य चिन्हमा मत हाल्ने बनाउन निर्देशन दिएका छन । उनले कार्यकर्तालाई यसरी निर्देशन दिएका छन –०७४ पछि नयाँ भोटर आएका छन । उनीहरुलाई जसरी पनि पहिलो पल्ट सुर्यमै भोट हाल्नुपर्छ । उनीहरुलाई अन्यत्र भोट हालेर विटुलिन दिनुहुन्न । हेर्नुस त कस्ता कस्तालाई भोट हाल्ने अवस्था बन्दैछ । यसकारण युवालाई विटुलिन नदिनुस । हिसावले गरेर चल्नुस। हिसाव गरेर हिडनुस । हामीले जित्न सक्दैनौं कि भन्ने अवस्था नै वन्न दिन हुन्न । किनभने भोट दिने त जनताले हो नि । यसको लागि हाम्रो कुनै कमजोरी नै हुन भएन । तपाईँहरुले के भन्नु भएको छ ? आज हाम्रो फुटेको छ । तर,प्रचण्ड अलग भएका छन ।

एमाले फुटाइयो भनेर माधव नेपाल हिडेका छन । अरु पनि दंग छन । तर,एक पटक प्रचण्डले भनेको याद गर्नुभयो होला । संविधान मिचिएको छ,देश संकटमा छ । तर केपी ओली मान्छे हसाएर हिडेको छ भनेका थिए । उनीहरुलाई लागेको थियो एमाले जरै देखि भाचिदियौ भनेको त झन झांगिएको छ । सयपत्री फुलको टुप्पो निमोठिदिनु भएन भने त्यो झांगिदैन । अहिले नेकपा एमालेको कार्यकर्तामा जुन उत्साह छ,यो उत्साह कुनै पार्टीका अरु नेता कार्यकर्तामा देख्नुहुन्छ । नेकपा एमाले वाहेक वहुमत कसैले ल्याउदैन । एमाले वाहेक अरुले भोट ल्याउदैन । हामी जित्छौं । किनभने हामीसंग यो देशको लागि के गरयौं भन्ने हामीसंग रेकर्ड छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *