मुख्य समाचार

विपत्तिमा तरुण दलकाे साथ : सचेतना, स्थानान्तरण, राहत र उद्धार कार्यमा जुट्न अध्यक्ष बस्नेतको निर्देशन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले मातहतका ७७ जिल्ला सभापतिलाई परिपत्र गरेका छन । बेमौसमी मन्सुनले मुलकामा प्रकृतिक विपत्ति निम्त्याएका कारण जनजीवन प्रभावित भएपछि अध्यक्ष बस्नेतले विपद जोखिमको पुर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न मातहतका समितिलाई निर्देशन सहित परिपत्र गरेका हुन ।

अध्यक्ष बस्नेतद्वारा परिपत्रमा भनिएको छ अविरल रुपमा वर्षा भई बाढी पहिरोको कारण केही दिन देखि धनकुटा, कैलाली, बझाङ, बैतडी, कन्चनपुर, गोरखा, धनुषा, मोरङ, सुनसरी, डोटी, कालिकोट, डडेलधुरा, अछाम, जुम्ला, पाल्पा, दाङ, गुल्मी लगाएत देशका विभिन्न ठाउँमा हामीले ठुलो जनधनको क्षति व्यहोरीसकेका छौ ।

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केही दिन लगातार वर्षा हुने पुर्वानुमान गरिएको छ । यस्तो समयमा खोला, नदी, नालाहरुमा पानीको बहाव बढ्ने र बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहन्छ । त्यसैले यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुन सक्ने विपद जोखिमको पुर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्यार र राहत वितरण कार्यमा जुट्न नेपाल तरुण दल जिल्ला समिति, नगर समिति, क्षेत्रीय समिति, वडा ईकाई समिति एवं स्थानीय तहका सम्पूर्ण तरुण साथीहरुलाई नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गर्दछ ।

साथै यस विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशन सहित यो परिपत्र गरिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *