समाचार

प्रधानसेनापति शर्मा र राजदूत भोल्कबीच भेटवार्ता


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन ।    

सैनिक मुख्यालय जङ्गीअड्डामा उनीहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ । भेटवार्ताले दुई देशबीचको सम्बन्ध सुमधुर तुुल्याउन थप मद्दत पुग्ने सेनाले विश्वास लिइएको छ ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *