ताजा समाचार

वाग्मतिमा अबको नेतृत्वबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । वाग्मती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न आज बिहान गठबन्धनको बैठक बस्ने भएको छ । आज बाग्मचि प्रदेशकि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदै छिन् । नेकपा एमाले फुटेर नेकपा एकिकृत समाजवादी बनेपछि मुख्यमन्त्री शाक्ये विश्वासको मत नपाउने पक्का छ । त्यसैले अब वाग्मतिमा कसले नेतृत्व लिने र मन्त्रालय बाँडफाडको विषयमा गठबन्धनको बैठकमा छलफल हँुदै छ ।

कांग्रेस प्रदेश संसदीय दलका एक नेताकाअनुसार बिहानको बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँडको टुङ्गो लगाउनेछ । गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) रहेका छन् ।

गत २४ असोजमा बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव पेश गरेकी थिइन् । वाग्मती प्रदेशसभा बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । त्यसअघि नै गठबन्धनले अबको नेतृत्वबारे छलफल गर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *