रिबन

विराटनगर विमानस्थल फेरि वन्द,वुद्ध एयरले निकाल्याे गम्भीर सुचना

काठमाण्डाैं । भारी बर्षाले वन्द भएकाे विराटनगर विमानस्थले विहिवार पनि नचल्ने भएकाे छ।नेपाल नागरिक उडडयन प्राधिकरणले विहिवार देखि विमानस्थल चल्ने सुचना निकालेपनि विमानस्थलमा पानी पसेर अस्तब्यस्त भएकाेले यसलाइ मर्मत गर्न समय लाग्ने देखिएकाे छ।

विमानस्थल मर्मतकाे लागि थप समय लाग्ने भएपछि विहिवार विमानस्थल वन्द गर्ने निर्णय भएकाे छ। विमानस्थल वन्द हुने भएपछि वुद्ध एयरले विहिवारका सवै उडान वन्द गरेकाे छ। तर,विमानस्थल मर्मतकाेलागि कति समय लाग्ने भन्ने कुरा भने अझै खुल्न सकेकाे छैन।

गत शनिवार देखि परेकाे अविरल वर्षा र पुर्व क्षेत्रमा भएकाे भारी बर्षाले विराटनगर विमानस्थल वन्द हुन पुगेकाे हाे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *