अर्थ

अवरुद्ध सिद्धार्थ राजमार्ग चालु

वालिङ । अविरल वर्षासँगै आएको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालु भएको छ । उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले बिहान १०ः३० बजे दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा आज बिहान ३ः३० बजेतिर पहिरो खसेकाले अवरुद्ध भएको सडक सडक विभाग र पुतलीबजार नगरपालिकाको सहयोगमा सञ्चालनमा ल्याइएको हो । उक्त ठाउँमा सडक विस्तार गर्ने क्रममा भित्तो कटान गरिएकाले समय समयमा पहिरो झरेर सडक अवरुद्ध हुँदै आएकोे छ । ठूला–ठूला चट्टानसहितको पहिरो झरेकाले झण्डै सात घण्टापछि सडक पूर्णरुपमा खुलाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिएका छन् । सडक अवरुद्ध हुँदा रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *