समाचार

वर्षाका कारण एघार घर भत्किँदा २० लाखभन्दा बढीको क्षति

जलेश्वर । महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा ंमङ्गलबार, बुधबार र बिहीबारसम्म परेको पानीले गर्दा बलवा नगरपालिकामा पाँच, भङ्गहा नगरपालिकामा चार र मनरा नगरपालिकामा दुई जनाको घर भत्किएको हो ।

यसरी तीन स्थानीय तहमा ११ जनाको कच्ची, खपटाले छाएको र बाँसको टाटी ९घेराबेरा० लागेको घर भत्किँदा घरसहित भित्र रहेका अन्नपात, भाँडाकुडा र अन्य वस्तुसमेत क्षति भएका उनको भनाइ थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *