अर्थ

बाढीका कारण सुनसरीमा धानबालीमा ठूलो क्षति

इनरुवा । अविरल बर्षासँगै आएको बाढीका कारणले सुनसरीमा धानबालीमा ठूलो क्षति भएको छ ।

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान, इटहरी, रामधुनी, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका क्षेत्रमा लगाएको धानबालीसहित तरकारी बालीमा पनि ठूलो क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीले जनाएको छ ।

जिल्लामा करिब २० हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख नुनुलाल उरावले जानकारी दिएका छन् । जिल्लामा मुख्यरूपमा धानबाली, माछापालन र लहरे तरकारी बालीमा गरी रु २० करोडभन्दा बढीको क्षति भएको उनले जानकारी दिएका छन् ।

लहरे तरकारी, केरा, उखु, काउलीसहितका तीन हजार हेक्टरभन्दा बढी क्षेत्र डुबानमा परी नष्ट भएको उनले जानकारी दिएका छन् । बाढीपहिरो र डुबानले जिल्लाको धरान, इटहरी, रामधुनी, इनरुवा, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका क्षेत्रमा लगाएको तरकारी बालीमा समेत क्षति भएको कृषि ज्ञानकेन्द्रका प्रमुख उरावले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *