रिबन

एमालेकाे महाधिवेशन गर्ने ठाउँ नै सर्‍याे ,वुटवल हाेइन चितवनमा हुने भाे महाधिवेशन

काठमाण्डाैं । नेकपा एमालेले पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । यसअघि उसले वुटवलमा महाधिवेशन गर्ने भनेर स्थान ताेकेकाे थियाे । तर बिहीबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरेकाे छ । उक्त समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बिष्णु रिमाल, काशिनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल रहेका छन् । समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक-एक जना प्रतिनिधि रहने छन ।

बैठकले हालै सम्पन्न बिधान महाविधेशनको समिक्षा गर्दै भव्य र ऐतिहासिक रहेको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन । बिधान महाविधेशनले पार्टीमा भावनात्मक एकता र आत्मविश्वास कायम गर्न सफल भएको प्रवक्ता ज्ञवालीले बताए । बैठकले अविरल बर्षाका कारण भएका बाढी पहिरो र डुवानका कारण जनधनको क्षति भएको प्रति दुख व्यक्त गर्दै उचित राहत र क्षतिपूर्ति बितरण गर्न सरकारको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

त्यस्तै प्रवक्ता ज्ञवालीले १० बुदे प्रस्ताव कार्यान्वयन भइरहेको बताएका छन । स्थायी कमिटी बैठक शुक्रबार दिउँसो २ बजे पुन बस्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *