ताजा समाचार

फाइजरको खोप सोमबार आइपुग्ने

काठमाडाैं । अमेरिकाबाट फाइजरको १ लाख डोज खोप सोमबा( ९कात्तिक ८ गते) नेपाल आइपुग्ने भएको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कोभ्यास सुविधाअन्तर्गत अमेरिकाले सो खोप उपलब्ध गराएको हो।

सो खोप नियमित उडानमार्फत नै नेपाल आइपुग्ने आपूर्ति महाशाखाका प्रमुख ढुंगानाले बताए। १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने सो खोप दीर्घरोगीलाई समेत दिने तयारी भइरहेको महाशाखाले जनाएको छ। खरिद प्रक्रियाबाट थप खोप आउनेबारे भने निश्चितता नभएको आपूर्ति महाशाखाले जनाएको छ।


आजको नागरिक दैनिकमा खबर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *