विश्व

बढ्यो भारतीय कर्मचारीको महँगी भत्ता

नयाँदिल्ली । भारतको केन्द्र सरकारले कर्मचारीको महँगी भत्ता तीन प्रतिशतले बढाएको छ ।

भारतको केन्द्र सरकारको मन्त्रिपरिषद्ले केन्द्र सरकारका कर्मचारीले पाउने महँगी भत्ता (डिए) मा तीन प्रतिशत वृद्धि गर्न स्वीकृति दिएको हो । यो निर्णय १ जुलाइ २०२१ बाट लागू हुनेछ । पेन्सनधारीले पाउने महँगी राहत (डीआर) पनि तीन प्रतिशतले बढेको छ ।

सातौँ केन्द्रीय वेतन आयोगको सिफारिसका आधारमा भत्ता वृद्धि गरिएको हो । यसबाट केन्द्र सरकारका करिब ४७ लाख १४ हजार कर्मचारी र ६८ लाख ६२ हजार पेन्सनधारीले लाभ पाउनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *