रिबन

एमालेकाे वडा अधिवेशन-कार्यकर्तालाइ कडा निर्देशन जारी

काठमाण्डाैं । नेकपा एमाले वडा तहकाे अधिवेशनमा जुटेकाे छ । उसले वडा र पालिका तहकाे अधिवेशन यहि सातागर्न लागेकाे छ।नेकपा एमालेकाे केन्द्रिय कार्यालय सचिव शेरवहादुर तामाङले अधिवेशनकाे लागि भन्दै कडा निर्देशन जारी गरेका छन।उनले जारी गरेकाे वक्तब्यमा वडा अधिवेशन कार्तिक ६ गते र पालिका तहकाे अधिवेशन कार्तिक ९ गते गर्ने भनिएकाे छ।

एमालेले गर्न लागेकाे याे अधिवेशनलाइ अध्यक्ष केपी अेालीले सम्वाेधन गर्नेछन।उनकाे याे सम्वाेधन भर्चुअल विधिबाट देशका ७५३ वटै पालिकामा लाउड स्पिकरबाट सवैले सुन्ने गरि बजाउन परिपत्रमा भनिएकाे छ।

वडा र पालिका तहकाे अधिवेशन सम्पन्न गर्न भनेरउनले विशेष परिपत्र जारी गरेका छन।८ वुदे परिपत्रमा अधिवेशनकाे क्रममा पार्टीकाे झण्डा र ब्यानर ब्यापक रूपमा प्रयाेग गर्न भनिएकाे छ। परिपत्रमा कार्यसमिति चयन गर्दा सकभर सर्वसम्मत र याे सम्भव नभए चुनाव गर्न भनिएकाे छ।

परिपत्रकाे वुदा नम्वर ७ मा भने वडा र पालिका तहकाे अधिवेशन सकिए लगत्तै सञ्चार माध्यामबाट तस्वीर सहितकाे प्रचार प्रसार अनिवार्य रूपमा गर्न भनिएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *