रिबन

प्रचण्ड सुटुक्क सुकुटे पुगे,अनि के-के भयाे ?

काठमाण्डाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चाेककाे सुकुटे पुगेका छन्। मुलुकमा राजनीतिक सरगर्मी वढेकाे वेलामा उनी भने सुटुक्क सुकुटे पुगेका हुन। बिहिबार दिउँसो करिब ४ बजे पत्नी सीता दाहालसहित प्रचण्ड सुकुटेस्थित भोटेकोशी बीच रिसोर्टमा पुगेका छन्। होटेल आइपुगेपछि केहीबेर आराम गरेर प्रचण्डले छोटो समय र्‍याफ्टिङ० समेत गरेका छन्। प्रचण्डसँग माओवादी केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सापकोटा र माधव सापकोटा तथा वाइसिएल पूर्व अध्यक्ष दीपशिखा समेत छन्।

तीनै जना सिन्धुपाल्चोककै माओवादी नेता हुन्। यसअघि सिन्धुपाल्चोक आएर सुकुटेको इक्वेडर रिसोर्टमा बस्ने गरेका प्रचण्ड पहिलोपटक भोटेकोशी बीच रिसोर्टमा बसेका हुन्। शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *