राजनीति

मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयका आधारमा प्रदेश १ नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरेको छ ।

प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री आचार्यले गत २४ असोजमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *