समाचार

प्रधानसेनापति र श्रीलंकन राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र श्रीलंकाका राजदूत हिमाली अरुनातीलकाबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *