समाचार

न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीशले निकास दिनुपर्छ

काठमाडौं । पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा एकपछि अर्को विवादमा परेकोले न्यायपालिकाको गरिमा जोगाउन निकास दिनुपर्ने आग्रह गरेको छ।

फोरमले छैठौं साधारण सभाका क्रममा न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण प्रस्तुत गर्दै जबराले निकास नदिने हो भने उनीमाथि निष्पक्ष छानबिन गर्न प्रतिनिधि सभालाई आह्वानसमेत गरेको छ।

फोरमले न्यायपालिकालाई आफ्नै नेतृत्वबाट जोगाउन सबै तहका न्यायाधीशहरूलाई अगाडि आउन पनि अनुरोध गरेको छ। जबराले पछिल्लो पटक मन्त्रिपरिषदमा भाग खोजेको भन्दै उनको चर्को आलोचना भइरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकेका पुराना कांग्रेस नेता तथा जबराका जेठान गजेन्द्र हमाललाई उद्योग मन्त्रीमा नियुक्त गरेपछि चर्को आलोचना हुँदा हमालले दुई दिनमै राजीनामा दिएका थिए।

यस्ताे छ फाेरमकाे विश्लेषण

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *