समाचार

मुख्यमन्त्री आचार्यद्वारा प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश गरेका छन् ।

सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुने जानकारी दिएका छन् । त्यसलगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ ।

अर्को बैठक कात्तिक ७ गते आइतबार दिउँसो १२ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री आचार्यले गत २४ असोजमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट