रिबन

९३२ जना कोरोना संक्रमण मुक्त, ७०८ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ७०८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५७४ र एन्टीजेन परिक्षणबाट १३४ गरि कुल ७०८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा ९३२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.२ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले २२३ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७२५३ पिसिआर र २१२३ नमुना एन्टीजेन परिक्षण गरि कुल ९ हजार ३७६ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ९४६ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५८ हजार ८५३ जनाले खोप लगाएका छन् भने अहिलेसम्म पहिलो मात्रा ८५ लाख ९४ हजार २७४ र पूर्ण मात्रा ६५ लाख ४६ हजार २३७ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *