अर्थ

जयनगर–कुर्था सीमापार रेलमार्ग हस्तान्तरण

काठमाडौं ।भारत सरकारले जयनगर–कुर्था सीमापार रेलमार्ग एक समारोहबीच आज (बुधबार) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

रेलमार्ग हस्तान्तरण समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव तथा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सहभागी थिए।

समारोहमा भारत सरकारका तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकन इन्टरनेशनल लिमिटेडले सोरेल खण्ड नेपाल सरकारका तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेको थियो।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित उक्त रेलमार्ग ३४.९ किलोमिटर न्यारोगज खण्ड ब्रोडगजमा रूपान्तरण गरिएको छ। यो खण्डमा ऐतिहासिक नगरी जनकपुर लगायतका ८ वटा स्टेशन रहेका छन्।

यसले दुई देशबीचको व्यापारिक गतिविधिलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

भारत सरकारले यसका लागि ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ लागेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *