प्रदेश नं. १

आइतबारदेखि प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राई !

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसद्मा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका हुन् ।

संसद्मा विश्वासको मत माग्न प्रस्ताव पेस गर्न रोस्ट्रममा पुगेका मुख्यमन्त्री आचार्यले केही दिनअघि गएको बाढी पहिरोबाट भएको धनजनको क्षति र प्रदेश सरकारले गरेका प्रयासकारबारेमा जानकारी गराएका थिए ।


सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । संसद् सचिवालयमा भने गत २५ असोजमा मुख्यमन्त्री आचार्यले सूचना दर्ता गराएका थिए ।

प्रदेशसभामा विश्वासको मत आइतबार मात्र टुङ्गो लाग्ने भएको छ । आइतबार बस्ने बैठकमा मतदानमार्फत टुगो लगाउने कार्य परामर्श समितिको बैठकले निष्कर्ष निकालेको थियो ।

विपक्षी गठबन्धनहरूले शुक्रवार नै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने अडान राखेपछि सभामुख प्रदीपकुमार भण्डारीले कार्य परामर्श समितिको बैठक बोलाएका थिए ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ । जसमा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ९एकीकृत समाजवादी०का १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाका एक सांसद भने कतै खुलेका छैनन् ।

प्रदेश १ मा गठबन्धनबीच टुटफुट नभए आइतबार नयाँ मुख्यमन्त्री पाउने पक्का देखिएको छ । केन्द्रीय सत्तारुढ गठबन्धन दलले प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारको चाबी बुझाउने निर्णय गरिसकेको छ । नेकपा एसले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई अगाडि सारेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *