रिबन

प्रतिनिधि चयनको मापदण्ड बनाउन एमालेले बोलायो केन्द्रीय कमिटि बैठक

काठमाडौं । नेकपा एमालेले कात्तिक ११ गते स्थायी कमिटी र कात्तिक १२ गते केन्द्रीय कमिटि बैठक बोलाउने निर्णय गरेको छ ।

महाधिवेशनको प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको हो ।

शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनको बिषयमा छलफल गर्न र प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न बैठक बोलाउने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको समेत ज्ञवालीले जानकारी दिए ।

बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहम्मद समिरलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेको छ । जसको उपाध्यक्ष भीम रावलले विरोध जनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *