रिबन

नेकपा एकिकृत समाजवादीको ७३ जिल्ला कमिटि गठन

काठमाडौं । नेकपा एकिकृत समाजवादीले ७३ जिल्ला कमिटी गठन गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले विज्ञप्तिमा जनाइएअनुसार ७३ वटा जिल्ला कमिटि गठन भएको जनाइएको छ ।

प्रदेश १ र बागमती प्रदेश सरकारको आगामी नेतृत्व पार्टीले गर्ने सहमति पाँच दलीय गठबन्धनको बैठकले गरिसकेको जनाइएको छ ।

गत भदौ ९ गते निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि केन्द्रीय कमिटीलाई पूर्णता दिएको समाजवादीले सबै प्रदेश तथा प्रदेशस्तरका कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिसकेको विज्ञप्तीमा जनाइएको छ ।

प्रवक्ता खतिवडाकाअनुसार चारवटा गैरभौगोलिक जिल्ला कमिटीसमेत गठन भइसकेको भएपनि वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य तत्कालका लागि स्थगित गरिएको विज्ञप्तीमा जनाइएको छ ।

सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी रहेको र केन्द्रीय आयोग र निकायहरु गठन भइसकेको विज्ञप्तीमा जनाइएको छ ।

त्यस्तै केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरु तोकिइसकेको छ भने सबै जनसङ्गठन, पेशागत तथा सामुदायिक सङ्गठनहरुको विभिन्न तहका कमिटी गठन, पुनर्गठन तथा रूपान्तरणका काम जारी रहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *