राजनीति

शुक्रबारका समाचार : जिपलाइनमा प्रचण्डदेखि पूर्वराजाको चियापान र भीम रावलको राजीनामासम्म

काठमाडौं । शुक्रबार नेपाली राजनीतिमा तिन फरक फरक घटनाले महत्व पाए ।

नेकपा एमालेको महाविधेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड चयन गर्ने विषयमा छलफल गर्न केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय गरेको स्थायी कमिटि बैठकमा उपाध्यक्ष भीम रावल सहितका नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै आएको भएपनि अध्यक्ष केपी शर्मा ओली त्यसमा सहमत नभएपछि उनले विवाद समाधान कार्यदलको संयोजकबाट राजनीनामा दिएको घोषणा गरेका छन् ।

त्यसबाहेक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने शुक्रबार जिपलाइनमा रमाइलो गरेका छन् । काभ्रेमा रहेको जीपलाइनको अनुभव लिएका अध्यक्ष प्रचण्ड पारिवारिक सदस्यसहित काभ्रे पुगेका थिए । यता प्रधानन्यायाधीशलाई नेपाल बार एसोसिएसनले १५ दिनभित्र गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था मिलाउन अल्टिमेटम दिएको छ ।

राजनीतिमा यस्तै गतिबिधि भइरहेका बेलामा पूर्वराजापरिवारले भने कलाकारसहित गैरराजनीतिक व्यक्तिहरुलाइृ बोलाएर चियापान कार्यक्रम सम्पन्न गरेको छ । पूर्वयुवराज्ञी हिमानी शाहले स्थापना गरेको ट्र्ष्टले गरेको कार्यक्रममा पारस शाह समेत सहभागी थिए । पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज्ञी हिमानीसँगै पूर्वयुवराज पारस र पूर्वअधिराजकुमार हृदयेन्द्र शाह सहभागी भएपनि पूर्वरानी कोमल शाह भने उपस्थित थिइनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *