कला/साहित्य

श्रीराम श्रेष्ठका सिजो कविता

१,
नतोड आफैलाई कुविचार थुपारेर
मान्छेको मस्तिष्कमा राम्रो कुरा भर्नुपर्छ
बुझेर खराब बाटो पुग्नुपर्छ आफैले ।
२,
धैर्यता टुटेपछि आँखाबाट आँसु झर्छ
कोमल हृदयमा क्षणक्षण रामबाण
अँध्यारो जीवनकथा ढोकैभित्र टाँसिन्छ ।
३,
परियो लम्पसार ओठेभक्ति समर्पण
उठेको स्वतन्त्रता अन्धभक्त बनेपछि
काँतर आत्माविश्वास जगाउन कठिन ।
४,
गल्तीले मान्छेलाई खुट्टा टेक्न सिकाउँछ
भूलले सुधारिँदा बाटोलाई चौडा पार्छ
खोतल्दै चिहानभित्र निकालेर भविष्य ।
५,
गाउँले जीवनमा एकनाश कतै छैन
जीवन थुपारेर ब्यस्त भइ हेर्नु पर्छ
संसार बुझ्नुको लागि आफैलाई उभ्याएँ।
६,
मिलेको अनुहार तिमी जस्तै परी उस्तै
बुझाउँ कसोगरी भन्नलाइ आट छैन
कुण्ठामा बाँधेरै बस्दा बाचिएको तेस्रोमा ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *