रिबन

पाँच विषयमा कांग्रेसको भारतसंग वार्ता

नेपाली कांग्रेस ढिलो गरि उठेको छ । अवेला उठेपनि उ स्वस्थ भएर उठेको संकेत दिएको छ । हालै पार्टी सहमहामन्त्री डा.प्रकाशशरण महत र युवा नेताहरु अजय चौरसिया र उदय शमशेर राणाले हप्तादिनसम्म भारतमा गरेको भ्रमण उ ढिला ब्युँझेको तर स्वस्थ रहेको संकेतको रुपमा वुझन सकिन्छ । नेपाली कांग्रेसले पार्टीका सर्वमान्य नेता गणेशमान सिह,सन्त नेता कृष्णप्रसाद भटटराइ र लामो समय पार्टीसत्ता र राज्य सत्ता सम्हालेका गिरिजाप्रसाद कोइरालाको निधनपछि अन्र्तराष्ट्रिय सम्वन्ध राख्न चुकेको थियो । नेपाली कांग्रेसको एउटा व्लकले भारतको कांग्रेस आइ र यसअघि समाजवादी पार्टीसंग सम्वन्ध राखेपनि पछिल्ला दिनमा भने उसले कसैसंग गहिरो सम्वन्ध राखेको थिएन ।
तर,दशैंको छेकोमा नेपाली कांग्रेसले एक दशकदेखि भारतमा सत्ता सम्हालिरहेको भारतीय जनता पार्टीसंग दिल्लिा भ्रमण गरेर द्धिपक्षीय वार्तालाप गरेको छ । नेपाली कांग्रेसले यसको सुरुवात भने भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाइ नेपालमै निमन्त्रणा गरेर तथा उनलाइ वालुवाटारमा प्रधानमन्त्री पत्नी डा.आरजु राणाको हातबाट राखी वाँध्न लगाएर गरेको थियो । जब चौथाइवाले भारत गए तब उनले नेपाली कांग्रेसलाइ पनि भारत वोलाए ।

लामो समय समाजवादी र पछि कांग्रेस आइ संग सम्वन्ध राखेको नेपाली कांग्रेसले अहिले नै सत्तामा रहेको भाजपासंग किन सम्वन्ध विस्तार गर्न खोज्यो त ? उसलाइ यसको आवश्यकता के परयो ? यो आवश्यकता कांग्रेसको मात्र हो वा भाजपाको पनि हो ? यो बडा ध्यानपुर्वक हेरिनुपर्ने विषय छ । कांग्रेसको पार्टीगत सम्वन्ध रहेको कांग्रेस आइ यतिवेला कमजोर छ । नेपाली कम्युनिष्टहरुको सम्वन्ध रहेको सिपीआइ र सिपिएम त पत्तासाफ भएका छन । यस्तो बेलामा भारतमा भर्खर सत्तामा आएको भाजपालाइ भारत भित्रै नेपाल र अन्य छिमेकीसंग सम्वन्ध विगारेको भनेर ठुलो दवाव छ । यसकारण सम्वन्ध सुधारको लागि भाजपा तयार देखिन्छ तर नेपालमा भाजपाको मित्रशक्ति वा पार्टीगत सम्वन्ध भएको कुन दल छ त ? यसरी हेर्दा कुनैपनि दल छैन । यहि क्रममा नेपालमा केपी ओलीले साढे तिन बर्ष शासन गरे । रुचाइ नरुचाइ भारतले यहि मेसोमा केपी ओलीसंग सहकार्य गरयो । तर दिल्लिमा नयाँ खालको मानसिकता के वन्यो भने चिनले नेपालमा सत्ता पलट गरायो,भारतको अस्तित्व गुम्यो, नेपाल चिनको पोल्टामा गयो भन्ने छ ।

नरेन्द्र मोदीकै सरकार वनेको बेलामा नाकावन्दी हुनु,भाजपा हुदा नेपालमा धर्मनिरपेक्ष संविधान जारी हुनु र नेपालमा भारतविरोधी भावना बढनुले भारत ब्यापक तनावमा छ । र,भारतमा भाजपाको यी र यस्तै कुराले खेदो खन्ने काम भइरहेको छ । यसकारण नेपालका प्रजातान्त्रिक शक्ति र जनतामा भिजेको दल नेपाली कांग्रेससंग सम्वन्ध नराखी भाजपालाइ धरै थिएन । यता,नेपाली कांग्रेसको पनि वाध्यता वेग्लै प्रकारको वनिरहेको थियो । कम्युनिष्ट पार्टीहरु टुटेर चकनाचुर हुदा पनि चिनले सार्वजनिक रुपमा दुवै कम्युनिष्ट पार्टी पुन मिल्नुको विकल्प छैन भनेर राजदुतले भनेको अवस्था छ । उता नेकपा हुदै चिनिया कम्युनिष्ट पार्टीसंग भ्रातृसम्वन्ध राखेर स्कुल विभागले प्रशिक्षण चलाएको अवस्था थियो । यसरी चिनसंग भ्रातृसम्वन्ध र भाजपासंग सत्तासम्वन्ध कम्युनिष्ट पार्टीले राखिरहेको थियो । यस्तो अवस्थामा कांग्रेस भने चुनाव हारेको,अन्र्तराष्ट्रिय सम्वन्ध खुम्चिएको अवस्थामा थियो । यस्तो बेलामा भाजपासंग नेपाली कांग्रेसले सम्वन्ध वनाउनु र भाजपाले नेपाली कांग्रेससंग सम्वन्ध राख्न खोज्नु दुवैको आवश्यकता पनि हो र वाध्यता पनि हो ।

यसैकारण कांग्रेसको प्रतिनिधिमण्डलले भाजपासंग वार्ता गरयो । वार्ताको दौरान पाच विषय उसले उठायो । तुइन काण्ड,लिपुलेक समेटिएको भुमि विवाद,नाेटवन्दी,नेपालले खरिद गरेको भ्याक्सिनको उपलब्धतता र रासायनिक मलको आपुर्ति । यसरी वार्ता गर्दा कांग्रेसको टोली खुशी देखिन्छ । एक त भारतले यी कुरालाइ सकारात्मक रुपमा लियो,दोस्रो कांग्रेसको सम्वन्ध विस्तारको वाटो खुल्यो ।

अव यसलाइ निरन्तरता दिनुपर्छ भन्ने ठाउँमा कांग्रेस पुगेको छ ।

यसकारण ढिलो उठेको छ तर कांग्रेस उठेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *