रिबन

कांग्रेस महाधिवेशनका प्रारम्भिक संकेत

नेपाली कांग्रेसको इतिहास र वर्तमान अवस्थाको मुल्यांकन गर्दा यो पार्टीले आफ्नो भूमिका कसरी निर्वाह गरिरहेको छ भन्ने अहम् प्रश्न प्रत्येक इमान्दार नेता तथा कार्यकर्ताको मन मस्तिष्कमा आउँछ नै होला । पार्टी अझै इमान्दार कार्यकर्ताको भावना र चाहना बमोजिम प्रस्तुत हुन नसकेको भएपनि तलदेखि माथिसम्मको संरचानामा वा लोकतान्त्रिक आवरणले समेटिएका तमाम लोकतन्त्र प्रेमीहरुको मन र मस्तिष्कमा कस्तो स्थान लिएको होला ? वडा तहदेखि केन्द्रीय तहसम्मको अवस्था कस्तो होला ? कस्ता खालका व्यक्तिहरु राजनीतिमा संलग्न छन ? राजनीतिमा कुनै न कुनै किसिमले क्रियाशील व्यक्तिहरुको आचरण र चरित्र कस्तो छ ? यो महत्वपूर्ण सवाल एक पटक मानस पटलमा सल्बलाई रहेको छ । अधिवेशनको क्रममा वडादेखि जिल्ला तहसम्मको प्रक्रिया र त्यसले निर्धारण र निश्चित गरेको मार्गचित्र हेर्दा, देख्दा र अनुभव गर्दा नेपाली कांग्रेस बैचारिक रुपमा साच्चिने सम्भावना ज्यादै न्युन देखिन्छ ।

कुन चरित्र र पृष्ठभूमिका मानिस अधिवेशनमा आए ? उनीहरुको सोच र दृष्टिकोण के छ ? कुन प्रयोजनका लागि राजनीतिक संरक्षण आवस्यक ठानेका छन ? उनीहरुको उद्देश्य र लक्ष्य के हो ? भन्ने ठम्याउन सक्ने राजनीतिक शास्त्रको सामान्य विद्यार्थी प्रतिश्पर्धामा उत्रन नै नसक्ने महंगो र भद्धा अधिवेशनले मुलभूत मान्यता र आदर्शको राजनीति समाप्त भएको सन्देस दिएको छ । वडादेखि नै ठेक्का प्रक्रिया प्रारम्भ भएको देखिन्छ । मेरो यति मानिस आएका छन । खर्च यति भएको छ । जसले त्यो सबै व्यवस्था गर्छ, उसलाई नै मतदान गर्छौ भन्ने खुल्ला मत राख्ने जमात ज्यादा प्रभावशाली देखियो । त्यस्तै प्रवृत्तिलाई प्रोत्साहित गर्ने नितान्त अराजनीतिक व्यक्तिहरुले संस्थाका विभिन्न जिम्मेवारीहरु निर्वाचन प्रक्रियाबाट प्राप्त गरेको र थप जिम्मेवारी पनि प्राप्त गर्न सक्ने अवस्था स्पष्ट भएको छ । कसले कति खर्च गर्न सक्छ, कसले पैसा बनाएको छ, उसलाई नै अगाडी सारेर आफ्नो प्रभाव विस्तार गर्ने सोच,चिन्तन र दृष्टिकोण राख्ने जिल्ला स्तरका ठेकेदार (राजनीतिक ठेकेदार) हरुले खुलाम खुल्ला रकम लिएको र बडावडमा विभिन्न तहको उम्मेदवार बनाएको र निर्वाचित समेत भएको देखियो ।

पार्टीलाई विचार प्रधान बनाउने दिशामा कसैको ध्यान छैन । म फलानो भन्दा राम्रो छु, बलियो छु , काम गरेको छु आदि इत्यादि दाबी मात्र सुनिन्छ । कांग्रेसलाई यस्तो बनाउँछु भन्ने अवधारणा प्रस्तुत कसैबाट भएको छैन ।

यस कार्यमा वडादेखि निर्वाचित भएर आएका नेता तथा कार्यकर्तालाई संलग्न बनाएको र स्वार्थ पुरा गर्न व्यक्ति नै पिच्छेको गुट बनाएको कमजोर अवस्थाले नेपाली कांग्रेसलाई आफ्नो ऐतिहासिक जिम्मेवारी पुरा गर्न सक्ने राजनीतिक पार्टीको रुपमा विकास गराउन अति कठिन देखिन्छ । धेरै महंगो प्रक्रियाले मोटो रकम खर्च गर्न नसक्ने÷नचाहने व्यक्ति क्रमशः राजनीतिबाट पलायन हुँने देखियो । आरक्षणमा पनि बलियो आर्थिक हैसियत भएको प्रवृत्ति नै स्थापित हुने क्रम विस्तारित भएको देखिन्छ । वैचारिक रुपमा सक्षम र योग्य व्यक्तिप्रतिको विश्वास र आकर्षण कमजोर मात्र नभई असान्दर्भिक भएको दृश्यले राजनीतिमा लामो समय क्रियाशील व्यक्तिहरुलाई निरास बनाएको स्पष्ट अनुभव गर्न सकिन्छ । केन्द्रीय स्तरका, केन्द्रीय राजनीतिमा चासो राख्ने व्यक्तिहरुले आफ्नो शक्ति,सामथ्र्य र आर्थिक सहयोगका माध्यमबाट कुनै न कुनै किसिमले आफ्नो विश्वास पात्र छनौट गर्न खोजेको देखियो । जिल्लामा प्रभाव नभएको, कुनै सरोकार नराख्ने,यस अघि खास कुनै गतिविधिमा नदेखिएको व्यक्तिलाई समेत केन्द्रीय पदाधिकारीको दवाव र प्रभावमा महत्वपूर्ण जिम्मेवारीमा ल्याउने काममा पार्न जिल्ला स्तरिय नेताहरुको रुची देखियो ।

आफ्नो मान्छे जसरी पनि आउनु पर्छ भन्ने मान्यताका साथ सम्पूर्ण किसिमको साधन र स्रोत परिचालन गरी प्रमाणित गर्ने काम चर्चित केन्द्रीय स्तरका मानिने युवा नेताहरुबाट भएको पाइयो । त्यहाँ पनि आर्थिक चलखेल व्यापक नै रह्यो । पैसावाल व्यक्ति खोज्ने प्रतिस्पर्धा नै चल्यो जसले कांग्रेसको अधिवेशन, विचार र नीति मुखी नभई व्यक्ति र पैसामुखी बनेको देखियो । राजनीति सेवा हो वा व्यवसाय ? भन्ने पश्न पनि उठेको छ । व्यवसाय बनाउनेहरुले संस्था कब्जा गर्दै जाने देखिन्छ । यसले हामीले अवलम्वन गर्न खोजेको लोककल्याणकारी राज्यको अवधारणालाई कहाँ पु¥याउँछ ? कांग्रेस नेतृत्व यसलाई सच्याउने मानशिकतामा देखिदैन । सभापतिका आकांक्षीहरु भोट संकलनको एक शुत्रीय अभियानमा देखिन्छन । पार्टीलाई विचार प्रधान बनाउने दिशामा कसैको ध्यान छैन । म फलानो भन्दा राम्रो छु, बलियो छु , काम गरेको छु आदि इत्यादि दाबी मात्र सुनिन्छ । कांग्रेसलाई यस्तो बनाउछु भन्ने अवधारणा प्रस्तुत कसैबाट भएको छैन । उम्मेद्वारको संख्या पनि कति हुने, गुट उपगुटको खेल के कस्तो हुने भन्ने स्पष्ट तस्बीर आएको छैन । समग्र राजनीतिक अवस्थाको खाका लिएर आम कार्यकर्ता बीचमा जाने जमर्को देखिदैन ।

यसले अधिवेशनमार्फत खोजिएको नेपाली कांग्रेसको विचार र नीति बन्न नसक्ने देखिन्छ । नेतृत्वको चाहना मात्र राख्ने, सो अनुरुपमको कार्यक्रम दिन नसक्ने कामचलाउ नेतृत्व मुलुकले चाहेको होइन । आशा, विश्वास र भारोषायोग्य कांग्रेस निर्माणको अभियान बनाउनु पर्नेमा महाधिवेशन महंगो र तडक भडकबालाहरुको मनोरञ्जन हुने दिशातर्फ उन्मुख भएको पाउँदा आम लोकतन्त्रवादीहरु चिन्तित छन । यसै समयमा हुन नसकेको, अझै अनिश्चित जस्तो लाग्ने अधिवेशनको प्रारम्भिक संकेत धेरै आशावादी, उत्साहपूर्ण तथा विश्वसनीय हुन नसक्नु सकरात्मक होइन । जसले जहाँ जहाँबाट सकिन्छ, सम्भव भए आफै विचार प्रधान पार्टी बनाउने प्रयास गरौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *