समाचार

बाढीपहिरो प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री देउवा आइतबार बिहान प्रदेश १ को भ्रमणमा जाने

काठमाडौं । बाढीपहिरो प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा भोलि आइतबार बिहान प्रदेश १ को विभिन्न जिल्लाको भ्रमणमा जाने भएका छन् । सुदूरपश्चिमको बाढी प्रभावितको अवस्था अवलोकन गरे फर्केलगत्तै प्रधानमन्त्री देउवा पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरको भ्रमणमा जान लागेको नेपाली कांग्रेस पार्टी सचिव प्रेम केसीले जानकारी दिए ।

आइतबार बिहान ८ बजे प्रधानमन्त्री देउवा प्रस्थान गर्ने कार्यक्रम छ । सम्पूर्ण कार्यक्रम प्रमुख जिल्ला अधिकारीको सयोजनमा कार्यतालिका बनेको छ । प्रधानमन्त्री देउवा भोलि नै काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।

बाढी–पहिरोको क्षति अवलोकन गर्न र सम्भव भएसम्म पीडितलाई समेत भेट्ने गरी देउवा भोलि इलाम आउन लागेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए। मौसमले साथ दिए प्रधानमन्त्रीले सूर्योदय नगरपालिकादेखि सुरु गरी पश्चिमी गाउँहरूसम्म पुगेर बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवाले बाढी–पहिरोको क्षतिबारे इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीको ब्रिफिङ सुन्ने कार्यक्रम पनि छ। बाढी पहिरोले सबैभन्दा धेरै प्रभाव पाँचथरलाई पारेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *