रिबन

सातवटै प्रदेशमा वर्षाकाे सम्भावना, कृषिजन्य कार्य र यात्रा तथा धुमफिर गर्दा सावधानी अपनाउन अनुरोध

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकोले आज पनि देशका विभिन्न क्षेत्रमा पानी पर्ने भएको छ । वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले (बिहान) हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । वाग्मती प्रदेश र प्रदेश १ का थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा धुमफिर गर्दा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *