समाचार

अब एमालेका सबै पार्टी गतिविधि तुलसीलाल स्मृति प्रतिष्ठानबाटै, भयाे समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं।एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आइतबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल र प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । साे अवसरमा एमाले उपमहासचिव विष्णु पाैडेल, शंकर पाेखरेल, विष्णु रिमाललगायत उपस्थित थिए ।

अब केही एमालेले केन्द्रीय कार्यालयबाट सम्पन्न गर्ने सम्पूर्ण काम प्रतिष्ठानबाटै हुनेछन् । प्रतिष्ठानमा रहेका दुई हल एमालेकै पार्टी गतिविधिका लागि प्रयोग गर्ने सहमति भएको हो ।

हुन त अहिले पनि एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक तुल्सीलाल प्रतिष्ठानमै बस्ने गरेको छ । एमालेको केन्द्रीय कार्यालय थापाथलीमा भए पनि ठाउँ अभावका कारण प्रतिष्ठानमा हुने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *