राजनीति

झापा पुगेका केपीलाई ज्याेतिषी पिता माेहनप्रसादले भने-फेरि प्रधानमन्त्री बन्छस

काठमाण्डाैं । एमाले अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशिर्वाद दिएका छन । आइतबार तीन दिने भ्रमणका लागि गृहजिल्ला झापा आएका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न आशिर्वाद दिएका हुन । घर आइपुगेका छोरा केपी ओलीलाई आशिर्वाद दिँदै बुबा मोहनले भने -केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ । मेरो आशीर्वाद पनि छ । प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ । फागुनपछि हुने योग छ । एकदम राम्रो योग छ । सफल होस् मेरो शुभकामना छ ।

केपीका पिता माेहन ज्याेतिषी पनि हुन। केपीकाे काठमाण्डाैं निवास भएपनि उनी भने झापामा नै बस्छन। काठमाडौं एक्लै घुम्न जान नपाइने भएकाले आफूलाई झापा नै मनपर्ने उनले बताए । उनी भन्छन-म काठमाडौ जान्नँ । उता घुम्न पाइन्नँ । घरभित्रै थुनिनुपर्छ । यहाँ घुम्न पाइन्छ । ओखती उपचारमा सहयोग गर्नुपर्छ । छोरासँग बेला-बेला फोनमा कुरा हुन्छ । काठमाडौं बोलाउँछ । तर, मलाई यहीं ठीक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता निस्किन पनि पाइँदैन । उनी ९३ वर्षका भइसकेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *