रिबन

आइतबारका मुख्य समाचार : अदालतमा देखिएको विवाददेखि प्रधानमन्त्री देउवाको अनुगमनसम्म

काठमाडौं । साताको पहिलो दिन नेपाली राजनीति फेरी तरंगित हुने देखिएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग नेपाल बार एसोसिएनले गरेको छलफलले महत्व पायो । प्रधानन्यायाधीश राणाले सरकारले गर्ने नियुक्तिमा भाग खोजेर अदालतको प्रतिष्ठामै आँच आउने अबस्था बनाएको भन्दै बारले त्यस बारेमा छलफल गरेको हो । छलफलका क्रममा प्रधानन्यायाधीश राणाले आफुबाट भएका गल्ती सच्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सोमबारका लागि न्यायाधीशहरुको पुर्ण बैठक बोलाएका छन् । जुन बैठक नै बहिस्कार गर्ने निर्णय न्यायाधीशहरुले गरेका छन् ।

त्यसबाहेक प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोका कारण भएको क्षतिको जानकारी लिन आइतबार बिहान पूर्वतर्फ प्रस्थान गरे । उनले पूर्वि पहाडका विभिन्न जिल्लामा समेत पुगेर बाढी पहिरोको क्षतिका बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री देउवाले पिडीतलाई राहत दिन सरकार प्रतिवद्ध रहेको समेत बताएका छन् ।

प्रदेश नम्बर एकका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने भनिएपनि अन्तिम समयमा आएर प्रदेशसभाको बैठक नै स्थगित भएको छ । आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न नेपाली कांग्रेस र नेकपा एमालेले लिखित रुपमा आग्रह गरेपछि कार्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

विवादित व्यवसायी दूर्गा प्रसाई नेकपा एमाले प्रवेश गरेका छन् । यसअघि एमाले विधान अधिवेशनमा प्रतिनिधि बनेर आएका प्रसाई आइतबार एमाले प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईलाई एमालेमा स्वागत गरे । झापा पुगेर अध्यक्ष ओलीले प्रसाईलाई स्वागत गरेका हुन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *