समाचार

राष्ट्र बैंकद्वारा ५ वटा फाइनान्स कम्पनीलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकको नीति नमान्ने ५ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ।

राष्ट्र बैंकले ललितपुर फाइनान्स लिमिटेडसहित समृद्धि फाइनाइन्स र गुडविल फाइनाइन्सलाई समेत कारबाही गरेको हो । केन्द्रीय बैंकको नीतिअनुसार साउन र भदौमा समेत विपन्न कर्जा प्रवाह नगरेको पाइएपछि कारबाहीमा परेको लतिलपुर फाइनाइन्स लगातार ४ पटकसम्म कार्बाहीमा पर्ने फाफाइनाइन्स बनेको छ ।

विपन्न वर्गमा कर्जा वितरण नगरेको भन्दै साउनमा ७ लाख ११ हजार ६ सय ४६ रुपैयाँ हर्जना तिरेको फाइनान्सलाई भदौ महिना पनि विपन्न वर्गमा कर्जा नदिएको भन्दै ६ लाख ६७ हजार २ सय ७३ रुपैयाँ हर्जना तिराइएको थियो ।

केन्द्रीय बैंकले ललितपुर फाइनाइन्सले असोज महिनामा पनि विपन्न वर्षमा कर्जा वितरण नगरेको भन्दै ६ लाख ७८ हजार ७३ रुपैयाँ हर्जना तिराएको छ।

त्यस्तै समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई कारबाही तथा हर्जना तिराएको छ । गुडविल फाइनान्स लिमिटेड समेत कारबाहीमा परेको छ । सिटी एक्सप्रेस फाइनान्स लिमिटेडलाई समेत केन्द्रीय बैंकले २ लाख ५९ हजार ७ सय ५१ रुपैयाँ हर्जना तिराएको छ । विपन्न वर्गमा कर्जा वितरण नगर्ने जानकी फाइनान्स कम्पनी लिमिटेडलाई समेत ३१ लाख ९२ हजार ३ सय ८ रुपैयाँ हर्जना तिराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *