राजनीति

स्थानीय तहको चुनाव भएको ४ वर्षपछि वडा अध्यक्षको नतिजा उल्टियो

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय २ मतले विजयी भएका छन् ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा राय र नेपाली कांग्रेसका उम्मेदाबार अरुण कुमार चौधरीले समान २६६ मत ल्याएका थिए । त्यसपछि गोलाप्रथाद्वारा निर्णय गरिदा चौधरी विजयी भएका थिए । तर राय मतगणननमा धाँधली भएको भन्दै अदालत गएका थिए ।

सर्वोच्च अदालतको आदेशमा आइतबार पुनः मतगणना गर्दा राय वडाअध्यक्षमा विजयी भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *