रिबन

विश्वकप क्रिकेट : भारतमाथी पाकिस्तानको ऐतिहासिक जीत

काठमाडौं । विश्वकप टि–२० क्रिकेटअन्तर्गत पाकिस्तानले भारतलाई पराजित गरेको छ ।

भारतले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको हो । पाकिस्तानी क्रिकेटकै इतिहासमा पहिलोपटक १० विकेटको जीत दर्ता गर्न कप्तान बाबर आजम र मोहम्मह रिजमानले उत्कृष्ट प्रदर्शन गरे ।

बाबरले ६८ रन बनाउँदा रिजमानले भने ७८ रन बनाए । टि–२० इन्टरनेशनलमा विपक्षी टिममाथी १० विकेटको जीत पाकिस्तानी क्रिकेटमै पहिलोपटक हो । पाकिस्तानले विश्वकप क्रिकेटमा भारतलाई पहिलोपटक पराजित गरेको हो ।

त्ययसअघि टस हारेर व्याटिङ थालेको भारतले खराब शुरुवात गरेको भएपनि कप्तान विराट कोहली र ऋषब पन्तले पारी सम्हाले । कोहली ५७ रनमा आउट हुँदा पन्तले समेत ३९ रन बनाएर आउट भए । पहिलो ओभरमा रोहित शर्मा आउट हुँदा दोस्रो ओभरमा अर्का केएल राहुल आउट भएका थिए ।

भारतका लागि सूर्यकुमार यादवले ११ रन बनाए भने रविन्द्र जडेडाले १३ रन बनाए । पुरै ओभर खेल्दै भारतले ७ विकेट गुमाएर १ सय ५१ रन मात्रै बनाउन सकेको हो ।

टस जितेर जितेर पहिला फिल्डिङ रोजेको पाकिस्तानका शहिन शाह अफ्रिदी एक्लैले ३ विकेट लिए । हसन अलिले दुइ विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *