रिबन

हाम्रो संकल्प

हामी आजबाट चौंथाे बर्षमा प्रवेश गरेका छौं । लक्ष्मीपुजाको दिन आज भन्दा तिन बर्ष अघि हामीले डिजिटल मिडियाको सुरुवात गरेका थियौं । र,आज तपाइहरुको सदभाव,माया र प्रेरणाले यो ठाउँसम्म आइपुग्न सफल भएका छौं । साथ र सहयोगको लागि धेरै धेरै धन्यवाद ।
सञ्चार माध्यामको भीडमा संख्या वृद्धि मात्र हाम्रो चाहना होइन । सञ्चार माध्याम सञ्चालन गरेर नाफा कमाउनु त झन हाम्रो उदेश्य नै होइन । वग्रेल्ती सुचनाको भारी वोकाएर हाम्रा पाठक, रनभुल्ल पार्ने त झन हाम्रो चाहना हुदै होइन । यसअर्थमा भन्नुपर्छ–जिम्मेवार पत्रकारिता र भरपर्दो सुचना अनि विश्लेषण नै हाम्रो उदेश्य हो र यसमा नै कटिवद्ध छौं ।

सवै सुचना समाचार होइन । थाह पाएजति कुरा समाचार हुनै सक्दैन । पाठक झुक्याउने शीर्षक राखेर समाचारप्रति नै दिगभ्रमित वनाउन हुदैन भन्ने हाम्रो मान्यता छ । यसकारण पल पलका समाचार जे पनि पस्किने र कसैको भरिया वनेर पाठकलाइ भडकाउने कोशिश हामीबाट हुनेछैन । यसैले दोहो¥याएर भन्छौं–जिम्मेवार पत्रकारिता हाम्रो धर्म हो,कर्म हो र उदेश्य हो ।

समय परिवर्तित भएको छ । चियाको चुस्कीसंगै टेवलमा वसेर पत्रिका पढने र सुचित हुने समय वदलिएको छ । डिजिटलाइजेशनको युग आएको छ । यसमा सुचनाको वाढी आउन थालेको छ । हरेक मानिसको हातमा अनेकौं सञ्चार माध्याम उपलब्ध छन र हरेक नागरिक स्वयम पनि सुचनाको उपभोग मात्र होइन,सुचना सम्प्रेषण गर्ने माध्यम चलाउन सक्ने अवस्थामा छन । अल्टरनेटिभ मिडिया नै शशक्त भएका छन । सञ्चार माध्याम मात्र होइन,सामाजिक सञ्जाल पनि सशक्त छ । यो यति शशक्त छ कि मेनस्ट्रिम मिडियालाइ विषयवस्तु दिने हैसियत यसले राख्न थालेको छ । र,मिडियाले वास्ता नगरेको विषयमा समेत सामाजिक सञ्जालले अभियान चलाएर राज्यलाइ दवाव दिन सक्ने हैसियत राख्न थालेको छ । यो मिडियाको लागि चुनौती नै हो ।

यस्तो अवस्थामा केवल सुचना दिएर मिडिया दायित्व पुरा हुदैन । सुचनाको सही विश्लेषण गरेर समाजलाइ गति दिन सक्नुपर्नेछ । यसकारण हामी अब सुचना मात्र होइन,सही विश्लेषण पनि गर्नेछौं । र,यसलाइ समाचार र विश्लेषणको संगम वनाउने छौं ।
दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *