रिबन

प्रचण्ड र स्वामी रामदेवकाे गाेप्य भेट,के-के भयाे कुरा ?

काठमाण्डाैं । भारतीय योगगुरु रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसंग भेट गरेका छन् । प्रचण्डलाई भेट्न बिहीबार साँझ उनीहरू खुमलटार पुगेका थिए । उनले खुमलटार पुगेर प्रचण्डपत्नी सिता दाहालको स्वास्थ अवस्था बारे जानकारी समेत लिएका छन् ।

शुक्रवार काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन स्वामी रामदेव र बालकृष्ण विहिवार नेपाल आइपुगेका हुन् । पतञ्जलीले भोलि हुने कार्यक्रममा दुईवटा आध्यात्मिक च्यानल समेत सुरूवात गर्ने कार्यक्रम छ । यस कार्यक्रमकाे प्रधानमन्त्री शेरबहादुुर देउवाले उद्घाटन गर्ने छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *