रिबन

एमालेकाे अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा सहमति, वादललाइ गम्भीर धाेका !

काठमाण्डाैं । नेकपा एमालेले अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा सहमति गरेकाे छ। एमालेले अध्यक्षमा केपी अेालीलाइ नै कायम राख्ने भएकाे छ । अध्यक्ष पदमा चुनाव समेत नहुने वुझिएकाे छ।यता वरिष्ठ उपाध्यक्षमा पदमा भने अनाैपचारिक रूपमा हाल महासचिव रहेका इश्वर पाेखरेलाइ कायम राख्ने सहमति भएकाे छ।अब यसलाइ अैापचारिकता दिन मात्र वाँकी रहेकेा छ।

अर्काे साता देखि चितवनमा हुन लागेकाे अधिवेशनमा यी दुइ मुख्य पदमा सहमित कायम गरेर वाँकी पदमा जुटे सहमति नत्र चुनाव गर्ने एमालेकाे भित्रि तयारी छ।

एमाले स्राेतका अनुसार,अन्तिमसम्म सहमतिकाे लागि कसरत गर्ने तर सहमति नजुटे चुनाव गर्ने तय भएकाे छ।सहमति नजुटे चुनाव गर्नकाे लागि भनेर सय वटा इलेक्ट्राेनिक भाेटिङ मेशिन समेत तयार पारिएकाेछ।

एमाले अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पद देखि वाहेक पदमा सहमतिकाे लागि असाध्यै कसरत नगर्ने मुड वनाएकाे देखिन्छ। तर वरिष्ठ उपाध्यक्ष पाेखरेलाइ वनाएपछि भने वाँकी सिनियर नेतालाइ के गर्ने भन्ने चुनाैती एमालेमा छ।यसैकारण याे सहमतिलाइ अनाैपचारिक भनिएकाे छ । तर हाल भएकाे सहमति अनुसार,नेकपा माअेावादी छाडेर एमाले पसेका रामवहादुर थापा वादल र उनकाे समुहलाइ भने निकै घाटा लाग्ने देखिन्छ।वादलाइ यसपटक उपाध्यक्षमा मात्र सिमित गर्न खाेजिएकाे छ भने उमेर हदकाे कारण अर्काे अधिवेशनमा उनले पार्टीमा सक्रिय राजनीति नै गर्न पाउनै छैनन। एमालेमा रहेका सुवास नेम्वाङ देखि अष्टलक्ष्मी शाक्यसम्मकाे यहि अवस्था रहेकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *