कला/साहित्य

श्रीराम श्रेष्ठका हाइकु

१,
मायाको चिनो
छातीमा टाँसी राखेँ
पोल्यो बेसरी !
२,
आफन्त सम्झी
नाता गाँस्न खोजेको
मन नै रोयो !
३,
रात परेछ
आँखा चिम्लन खोज्दा
डरको पोको !
४,
तिम्रो सम्झना
आँखामै टाँसिदिन्छ
दोषी नजर !
५,,
लाज मानेर
आँखा छोपी बसेको
पछि परेछु ।
६,
लाजको पोको
एकत्रित गरेर
हिंडे्छु बोक्दै ।
७,
नराम्रो बानी
लाज पचाएर नै
आफ्नै अडान ।
८,
लाज अङ्गाल्दै
दिन बित्दै जवानीमा
भएछु घमण्डी ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *