कला/साहित्य

पुष्कर लोहनीका हाइकु

१,
निहुरिँदा त
गँड्यौलो पो निस्केछ
हातमा माटो ।
२,
नसुनेजस्तो
बाँसमुनी छहारी
पातलो मन ।
३,
दरिलो टेवा
खुकुलो अनुहार
हावा बेपत्ता ।
४,
अमिलो गन्ध
नसुकाएको माछा
घुनको थुप्रो ।
५,
अँगालो मार्दा
जडाउरी परेछ
आफैँ च्यात्तिँदा ।
६,
खोज्न निस्किँदा
पोकैपोकाको थुप्रो
झ्याङ्को बाटो ।
७,
खुइलिएको
पित्तल अनुहार
ध्वाँसो झरेछ ।
८,
चुहिँदो शीत
चाटेर फालिदिएँ
नाक थुनेर ।
९,
बगेको हूल
छोएरै गाडिदिएँ
देखिने खाल्डो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *