रिबन

नेपालको उल्टो यात्रा : २०७२ पछि २०५१ साल !

नयाँ नेपाल वनाउने स्वप्न सहित अघि बढेको राजनीतिक यात्रा २०७२ सालपछि एकैपटक २०५१सालमा पुगेको छ । यति ठुलो राजनीतिक छलाङ नेपालले मार्ला भन्ने शायदै कसैले सोचेको थियो । साच्चै भन्ने हो भने २०६२ सालपछि त नेपाल एकैपटक राजनीतिक र समामाजिक रुपमा निकै अघि बढनेछ र तिव्र गतिमा अघि बढेको विश्वलाइ भेटन कोशिश गर्नेछ भन्ने आम अपेक्षा थियो । सडकमा उत्रिएका दसौं लाख मानिस र शहादतप्राप्त सयौं मानिसको सपना र चाहना यहि थियो । किनभने तत्कालिन राजनीतिक नेतृत्वले पुरानो शाही सत्ता कुडा कर्कट भएको प्रमाणित गरिदिएको थियो र त्यसबाट वदलिदो नेपालको चाहना पुरा हुदैन भन्ने प्रष्ट भनेको थियो । समयको पदचाप पच्छयाउन नसक्ने र समयानुकुल आफुलाइ वदल्न नसक्ने कुनै पनि जिवको अस्तित्व यो पृथ्वीमा लामो समय टिक्न सक्दैन । वातावरण अनुकुल नहुदा डायनोसर पृथ्वीबाट लोप भएको हामी सवैलाइ थाहै छ । तत्कालिन ब्यवस्था र राजतन्त्र पनि समयानुकुल नहुदा ढल्यो । समय गति चिन्ह नसक्दा साढे २सय बर्षको विरासत गुम्यो । इतिहास निर्मम हुन्छ ।यसले हामीलाइ पाठ मात्र पढाउदैन वेला वेलामा झस्काउँछ पनि । यहि त्यही विगतले नया नेपाललाइ झस्काइरहेको छ । र,प्रश्न पनि गरिरहेको छ–के तिमीहरुको नयाँ नेपाल यहि हो ?
सामन्ती सत्ताले निकास दिदैन भनेर नेपाल गणतन्त्रको यात्रामा हिडेको थियो । अहिले नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रमा छ । स्वभाविक छ–यति भनेपछि कि हामी पुरानो ब्यवस्थामा छैनौं । तर अर्को हिसावले हेर्ने हो भने हामी पुरानै अवस्थामा छौं । वडा अनौठो लाग्छ यस्तो कुरा सुन्दा । अर्थात,हामी भौतिक रुपमा आजको संघिय लोकतान्त्रिक गणतन्त्रमा छौं तर ब्यवहारिक मानसिक रुपमा पुरानो पञ्चायती अवस्थामा नै छौं । यसो किन भनेको भने हामीलाइ अहिले पनि राजतन्त्रका कतिपय कुरा मनपर्छ । यो गणतन्त्र टिक्दैन भन्ने पनि लाग्छ । हामीलाइ महाराजको शान शौकतको झल्को आइरहन्छ । यसैले हामीले गर्ने ब्यवहार राजशी र सामन्ती पाराको छ । तर,मुखले हरेक दिन हामी प्रजातन्त्र र समावेशीको कुरा गर्छौं ।
कुरा प्रष्ट छ–देश चल्ने राजनीतिले हो । र,राजनीति विचारले चल्छ । तर,नयाँ नेपालको नयाँ विचार के हो ? महेन्द्रमाला ठिक ? राणाकाल नै ठिक ? माक्र्सले भनेको बर्गसंघर्ष नै ठिक ? वा कांग्रेसले भनेको पुरानो प्रजातान्त्रिक पद्धति नै ठिक ? वास्तविकता के हो ? एक्काइसौं शताब्दीको नेपाल निकै अघि छ । नेपालमा काम नपाएर नै सही विदेशमा काम गर्न गएका नेपालीले अर्कै विश्व देखिसकेका छन । यहि रहेका नेपालीको चेतनास्तर पनि उकासिएको छ । तर,राजनीतिक नेतृत्वको चेतना कहा छ ? कहिलेको छ ? उनीहरुमा दोग्लापन छ ।मुखमा दलाल पुजिवादको अन्त्य भन्ने भाषण छ अनि मनमा त्यही दलाल पुजिवादको सेवा गरेर चुनाव खर्च जुटाउने देखि गुट चलाउने सम्मको चटारो । यो दोग्लापन नेपाली राजनीतिकर्मीमा छ । यहि दोग्लापन समाजमा पनि छ ।भ्रष्टाचार अन्त्य हुनुपर्छ भनेको छ तर हरेक ठाउमा घुस खुवाउँछ र भ्रषटचारी भनेर डामिएको मान्छे कै पछि लागेर मान्छे त असल हुन,अनेक परिवन्दमा परे के गर्नु भन्छन । अनि,उसैलाइ सय किलोको माला लगाइदिन्छ । यो हो आजको नेपाल । यहा न नेता इमान्दार छन न जनता । हामी सवै दोग्लापनको शिकार भएका छौं । परिणाम हाम्रो सामुन्ने छ–भद्रगोल । अव हुने पनि भद्रगोल नै हो ।किनभने जब नेतृत्वसंग नयाँ भिजन हुन्न तब समाजले पुरानै कुरालाइ अंगाल्छ । अर्थात,तपाइ अघि वढन सक्नु भएन भने निश्चय छ पछि फर्कनुहुन्छ । नेपाल अहिले यहि सकसमा छ ।
नत्र,२०७२ सालको संविधान जारी भएपछि नेपाल हिडनुपर्ने अगाडि थियो । यात्रा पछि किन भइरहेको छ ? दुइ तिहाइको वहुमत,बलियो संसद,वलियो सरकार किन तासको घर जस्तो भयो । नेपाल यसरी कुदयो कि २०७२ सालबाट २०५१सालमा पुगेको छ । स्थिरताबाट अस्थिरता तर्फको नेपालको यात्रा चरम रुपमा अघि बढिरहेको छ । यहि गतिमा अघि बढने हो भने पहाडको टुप्पोबाट खसेको ढुंगो तलाउ खसे झैं हुनेछ । यसलाइ रोक्ने कसले ? कसको तागत छ ?
अहिले प्रमुख दलहरुको जुन महाधिवेशन भइरहेको छ–यी महाधिवेशनमा निरन्तर अस्थिरता तर्फ अघि बढिरहेको नेपाली राजनीतिलाइ राहत दिने तागत छ ? निश्चय नै छैन । किनभने यसो गर्नको लागि राजनीतिक दल विचारबाट सिचित हुनुपर्छ ।तर,एमालेले विधान अधिवेशन गरयो र केपी ओलीलाइ नै सर्वेसर्वा वनायो । नेपाली कांग्रेसले विचारको लागि अलग अधिवेशन गर्ने भनेर अहिले नेता मात्र छान्ने भन्यो । अनि,माओवादी अध्यक्षका अचेलका वोली हेर्दा उनी पँधेरोमा कुनै अर्को छिमेकीसंग झगडा गर्दैछन भन्ने भान परिरहेको छ । यति कमजोर जगमा टेकेका नेताले पार्टी कसरी हाँक्छन ? अनि यति कमजोर पार्टीले देश कसरी हाँक्छन ? अनि,यिनले कसरी प्रणाली टिकाउँछन ? जब अस्थिरता गाजिएर जान्छ यसले अराजकता ल्याउँछ । अनि भद्रगोल हुन्छ ।नेपाल अहिले यहि अवस्थामा छ । चुनावले केही शिथिल वनाउला तर आम स्थितिमा कुनै फेरवदल गर्नसक्दैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *