रिबन

नेपाली कांग्रेस काठमाडौं प्रदेशसभा अधिवेशनमा नेता सिंह हावी

काठमाडौं । काठमाडौं जिल्लाका २० वटा प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत १८ वटामा भएको अधिवेशनको नतिजा सार्वजनिक भएको छ । काठमाडौं क्षेत्र नम्बर १ को प्रदेशसभा (क) र (ख)मा भने आज शनिबार अधिवेशन हुँदैछ ।

शुक्रबार अधिवेशन भएकामध्ये ७ वटा क्षेत्रमा सर्वसम्मत र ११ वटामा निर्वाचनमार्फत सभापति चयन भएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ को (ख)मा रामप्रसाद लुइँटेल, ६ को (क) ख्याम राज तिवारी, ७ को (क) मा नवीन मानन्धर, ९ को (ख)मा राजेन्द्र भट्टराई, १० को (क)मा शैलेश मानन्धर तथा (ख) मा धर्मानन्द श्रेष्ठ निर्विरोध (सर्वसम्मत) निर्वाचित भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ को प्रदेशसभा (क)मा ध्रुव केसी र (ख)मा उद्धव खड्का, क्षेत्र नम्बर ३ को (क)मा श्रीराम चालिसे र (ख)मा विमल ठकुरी निर्वाचित भएका छन् ।

यस्तै, क्षेत्र नम्बर ४ को (क)मा विमल हाडा, क्षेत्र नम्बर ५ को (क)मा दिनेश डंगोल र (ख)मा राजु खड्का, क्षेत्र नम्बर ६ को (ख)मा विश्रुभक्त तिमिल्सिना, क्षेत्र नम्बर ७ (ख)मा वासुदेव लामा, क्षेत्र नम्बर ८ को (ख)मा शिव खनाल र क्षेत्र नम्बर ९ को (क) मा मोहन बहादुर बस्नेत विजयी भएका छन् ।

क्षेत्र नम्बर ३ को (ख)मा निर्वाचित विमल ठकुरी र ६ को (ख)मा निर्वाचित विश्नुभक्त तिमिल्सिना तथा क्षेत्र नम्बर ४ (क)का विमल हाडा र (ख)का रामप्रसाद लुइँटेलबाहेक अन्य सबै प्रदेशसभा क्षेत्रको सभापतिमा निर्वाचित भएकाहरू नेता प्रकाशमान सिंह निकट हुन् ।

क्षेत्र नम्बर ३ को (ख)मा निर्वाचित ठकुरी सभापति शेरबहादुर देउवा निकट हुन भने क्षेत्र नम्बर ६ को (ख)मा निर्वाचित तिमिल्सिना नेता भिमसेनदास प्रधान निकट हुन् । यस्तै, क्षेत्र नम्बर ४ को (क) का हाडा र (ख) का लुइँटेल नेता गगन थापा निकट हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *