विचार

कांग्रेसलाई सैद्धान्तिक, वैचारिक र सांगठानिक रुपमा थप शसक्त बनाउँछु

प्रमुख राजनीति दलका अधिवेशनले अहिले आम नेपालीको ध्यान खिचेको छ । त्यसमा पनि नेपालको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको अधिवेशनप्रति चासो र चिन्ता बढी छ । अधिकांश जिल्लामा वडा, पालिका र प्रदेशसभा क्षेत्रीय समितिको अधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न भइसकेको छ । कांग्रेसले मंसिर ६ गते सोमबार देशभर प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दै छ । अपावाद बाहेक सबै क्षेत्रमा अधिवेशनको तयारी पुरा भइसकेको छ । एक निर्वाचन क्षेत्र भएको जिल्लमा भोली मंसिर ६ गते नै जिल्ला अधिवेशन हुनेछ । अहिलेसम्म करिव १७ वटा हिमाली जिल्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । क्षेत्रीय अधिवेशनमा नेतृत्वका आकांक्षीहरू आफूलाई अब्बल सावित गर्न चुनावी मैदानमा होमिएका छन् । चलाख र सचेत मतदाताले नेतृत्व छान्ने भएकाले तीब्र प्रतिस्पर्धाबाट हुने नेतृत्व चयनले उम्मेदवारहरूलाई चुनावी मैदान निकै चुनौतिपूर्ण छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति मतदाता माझ निकै लोकप्रिय छन् । भक्तपुर १ नम्बर क्षेत्रका क्षेत्रीय प्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता र क्षेत्रबासी सम्पूर्ण जनताका माझ लोकप्रिय छबी बनाएका क्षेत्रीय सभापति जीवन खत्री पुन ः क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । खत्रीलाई बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेलका साथै जिल्लाका पुरान र युवा नेताहरूको साथ छ । उनै खत्रीसँग क्षेत्रीय अधिवेशनको सेरोफेरोमा केन्द्रित रहेर गरिएको कुराकानीको संम्पादित अंश :

तपाईँको प्रतिस्पर्धा क्षेत्रीय सभापतिमा किन ?
नेपाली कांग्रेस १४ औं महाधिवेशनमा होमिएको छ । तीनवटा तहको अधिवेशन कांग्रेसले सम्पन्न गरिसकेको छ । भोली क्षेत्रीय अधिवेशन छ । अधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको आग्रहमा मैले संगठनलाई गतिशील बनाउने स्पष्ट मार्गचित्रको खाकासहित अधिवेशनको मैदानमा प्रस्तुत भएको छु । क्षेत्रीय सभापतिमा मलाई सर्वसम्मत चयन गरिदिनु हुँन आह्वान गर्दछु । सर्वसम्मत अधिवेशन मेरो पहिलो प्राथमिकता हो । नेपाली कांग्रेसलाई सैद्धान्तिक, वैचारिक र सांगठानिक रुपमा शसक्त बनाउन मैले सम्पूर्ण ध्यान केन्द्रित गर्नेछु । मेरो उम्मेदवारी नेपाली कांग्रेसका आम कार्यकर्ताले शीर ठाडो बनाउने अवस्थाको सिर्जना गर्नका लागि हो । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको सम्मान र सुरक्षाका लागि हो । समृद्ध भक्तपुर निर्माणका लागि पनि हो ।
नेपाली कांग्रेसको नेतृत्वमा निर्माण र जारी भएको संविधान कार्यान्वयन गराउनका लागि यो अधिवेशनले विशेष अर्थ राख्छ । संघीय संरचना, प्रदेशका संरचान र स्थानीय तहका संरचानालाई कार्यान्वयनमा यो अधिवेशन महत्वपूर्ण छ । नेपाली कांग्रेसका आदर्शका रुपमा रहेका राष्ट्रियता, लोकतन्त्र समाजवादका मूल्य मान्यतालाई स्थापित गराउन म सदैव प्रतिवद्ध रहेने छु ।

आन्तरिक प्रतिस्पर्धा कस्तो हुँनुपर्छ ?
अधिवेशन नेपाली कांग्रेसको पर्व हो । कांग्रेसले यसलाई उत्सवको रुपमा मनाउनु पर्छ । नेतृत्वले संगठनलाई एकतावद्ध बनाउने, आन्तरिक प्रतिस्पर्धामा भएको विभाजनको रेखा मेटाउन मेरो सदैव पहल कदामी रहने छ । लोकतन्त्रमा नेतृत्व चयन सर्वसम्मत वा निर्वाचनमार्फत हुन्छ । यो लोकतन्त्रको सुन्दर पक्ष हो । जसरी जन्म पछि मृत्यु हुन्छ त्यसैगरी प्रतिस्पर्धामा जीत– हार हुन्छ । संगठन जित्ने हार्ने दुबैको हो । त्यसैले सबैले चुनावी परिणमलाई स्वीकार्नु पर्छ । संगठनको सशक्तिकरण र मजबूतीकरणमा नै अधिवेशनको गन्तव्य हो । तसर्थ प्रतिस्पर्धा लोकतान्त्रिक विधि र पद्दति अनुरुप हुनुपर्छ ।


तपाईका एजेण्डा के हुन ?
मेरो पहिलो प्राथमिकता सबै तहका साथीहरूलाई नेपाली कांग्रेसको विधान नियमावली अनूरुप गतिशील बनाउन अहं भूमिका खेल्छु । अब हुने तीनै तहका निर्वाचनमा कांग्रेसलाई जिताउन महत्वपूर्ण भूमिका खेल्छु । पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई गतिवान बनाउँछु । यसमा पार्टीका नेता कार्यकर्ता र शुभेच्छुक शुभचिन्तकहरूले दिल फुकाएर साथ सहयोग गर्नुनै हुनेछ भन्ने विश्वास लिएको छु । सबै अट्ने कांग्रेस बनाउने मेरो मुलभूत लक्ष्य हुनेछ ।


तपाईले जित्ने आधार के छ ?
म १३ औं महाधिवेशनबाट पनि निर्वाचित क्षेत्रीय सभापति हुँ । मेरो एक कार्यकालको कामको मुल्यांकन पार्टीका नेता तथा कार्यकर्ताले गर्नुनै भएको छ । मेरो पहिलो कार्यकाल निर्वाचन वर्ष र कोभिड–१९ महामारीका कारण प्रभावित बन्यो । त्यसका बाबजुत मेरो नेतृत्वमा पार्टी संगठन निर्माणका क्षेत्रमा महत्वपूर्ण काम भएका छन् । एकपटक पुनः क्षेत्रीय सभापति बनी भक्तपुरमा नेपाली कांग्रेसको अब्बल संगठन बनाएर नेतृत्व हस्तान्तर गर्ने छु । मेरो पार्टीप्रतिको लगाव, संगठन गर्ने शैलीआदिलाई रुचाएर मलाई एकपटक पुनःक्षेत्रीय सभापतिको जिम्मेवारी दिनु हुनेछ भन्ने विश्वास लिएको छु ।


जितेपछि पार्टी संगठनलाई कसरी अघि बढाउनु हुन्छ ?
एकतावद्ध कांग्रेस, सशक्त पार्टी संगठ निर्माणको अभियान सदैब जारी राख्ने छु । सबै तहका निर्वाचनमा जिताउन महत्वपूर्ण भूमिका खेल्छु । पार्टीका साथीहरूलाई सम्मानजनक व्यवस्थापन र उपयुक्त भूमिका दिएर अघि बढ्छु । विधि पद्धति बाहिर गएर कम्युनिष्टले गरेका वेथिति विकृतिका विरुद्ध उभिने छु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *