अर्थ

नेपाल बङ्गलादेश बैंकको अध्यक्षमा शकिब

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष ए.आर.एम नजमुस शकिबलाई नै बैंकको संचालक समितिको अध्यक्ष चयन गरेको जनाएको छ ।

अध्यक्ष ए.आर.एम नजमुस शकिबले नेपाल राष्ट्र बैंक तथा नेपाल बङ्गलादेश बैंक लिको उच्च पदस्थ अधिकारीहरुको समुपस्थितिमा २०७८ साल मंसीर ६ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *