समाचार

भक्तपुर १ को सचिवमा युवा नेता समुन्द्र थापाको उम्मेदवारी


काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता समुन्द्र थापाले भक्तपुर क्षेत्र नम्बर १ को क्षेत्रीय सचिवममा उम्मेदवारी दिएका छन । थापले क्षेत्रीय सभापति जीवन खत्री नेतृत्वको प्यानलबाट सचिवको उम्मेद्वारी दर्ता गरेका हुन ।


राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय युवा नेता थापाले आफूलाई सचिव पदमा जिताउन वडा, पालिका, प्रदेशसभा क्षेत्रीय समितिका सभापति र क्षेत्रीय प्रतिनिधि समक्ष अपील गरेका छन । सवल पार्टी संगठन निर्माणमा आफ्नो अहं भूमिका रहने बताएका छन ।थापा लोकप्रिय, जुझारु र प्रभावशाली युवा नेता हुन ।


थापा बागमती प्रदेशका भौतिक पूर्वाधार निर्माण मन्त्री कृष्णलाल भडेलका निजि प्रमुख स्वकीय सचिव समेत हुन ।


क्षेत्रीय कार्यसमितिको नेतृत्व चयन र महाधिवेशन प्रतिनिधि छनौटका लागि आज बिहान ८ बजेबाट भक्तपुर बैकेटमा निर्वाचन सुरु हुने नेपाली कांग्रेस क्षेत्र नम्बर १ भक्तपुरले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *