समाचार

आफनै छाेरालाइ एसिड प्रहार गर्ने माेहनलाइ प्रहरीले समात्याे

काठमाण्डाैं । आफ्नै २५ वर्षीय छोरालाइ एसिड प्रहार गर्ने अभियुक्त पक्राउ परेका छन। सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई छाेरा सहित अन्य दुइ जनालाइ एसिड प्रहार गरि घाइते वनाएकाे अभियाेगमा सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी मोहनले एसिड प्रहार गर्दा २ जना घाइते भएका थिए। याे खवर थाह पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दुवै जनालाई थप उपचारको लागि काठमाण्डाैंकाे बीर अस्पताल ल्याइएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *