समाचार

महाधिवेशनमा सहमतिका लागि दबाब दिन्न : ओली

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा पदाधिकारी चयनमा सहमतिका लागि दबाब नदिने बताएका छन् ।

मंगलबार सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले बिना करकाप प्रतिस्पर्धा गर्न छुट भएको बताए । ‘करकापमा सहमति गर्न जरूरी छैन । सहमतिका लागि मैले आग्रह गरे भने करकाप हुन्छ । म त्यो गर्दिन । लोकतान्त्रिक विधि भए बेस्ट हो । पदाधिकारी र केन्द्रीय सदस्यको हकमा सहमतिका लागि दबाब दिन्न,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *