विचार

देउवाले जगाएको आशा

प्रधानमन्त्री शेरवहादुर देउवाको तुलना अचेल गिरिजाप्रसाद कोइरालासंग हुन थालेको छ । गिरिजाप्रसाद कोइराला देउवाका राजनीतिक गुरु पनि हुन । उनले नै प्रथम पटक गृहमन्त्री र पछि प्रधानमन्त्री देउवालाइ वनाएका हुन । थोरै वोल्ने र निर्णय गर्ने देउवाको शैली कोइरालासंग मिल्दोजुल्दो छ । कुरा यति मात्र होइन,देउवा अहिले पाचौं पटक प्रधानमन्त्री भएका छन । कोइराला पनि पाच पटक प्रधानमन्त्री भएका थिए । कोइराला तिन पटक पार्टी सभापति भए र देउवा पनि दुइ पटक सभापति भइसकेका छन भने तेस्रो पटक सभापति हुने तरखरमा छन ।

माओवादी शान्ति प्रक्रियामा आउनु अघिसम्म गिरिजाप्रसाद कोइरालाको नेपाली राजनीतिमा राम्रो नाम थिएन । माले,मसाल र मण्डले एकै हुन भनेपछि त झन उनलाइ कम्युनिष्टहरुले फुटेको आखालेपनि हेर्दैनथिए । तर,जब शान्ति प्रक्रिया आरम्भ भयो तब कोइरालाको उचाइ ह्वात्तै वढयो । राजनीतिक शक्ति क्षयीकरण भएर तल पुगेपछि पनि पुन शक्ति आर्जन गर्ने उनको स्वभाव देखिन्छ । यहि कारण उनको देहान्त पछिको श्रद्धाञ्जली सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए–जश जति आफु लिएर हामीलाइ भुमरीमा पारेर गिरिजावावु जानु भयो ।

त्यस्ता गिरिजाप्रसादसंग देउवाको अचेल तुलना हुन थालेको छ । पार्टी र सरकारको नेतृत्व गरेको नाताले देउवाले कोइरालाकै जति नै स्थान पाइसके । देउवा आज करिव ७५ बर्षको आसपासमा छन । र,यहि उमेरसम्म गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिको घृणाको पात्र वनिरहेका थिए । तर,यो उमेर पार गरेपछि भने कोइरालाले नसोचेको स्थान पाए । देउवा आज यहि चौवाटोमा छन ।

नेपालमा ग्यास र पेट्रोलियम पदार्थको भाउ अचाक्ली महंगो भइरहेको बेलामा यदि हामीले विद्युतको खपत वढाउन सक्यौं भने इन्धनको आयात घटछ । नेपालको लागि यो भन्दा राष्ट्रवादी सोच अरु के हुन सक्छ ?

देउवा पाचौं पटक प्रधानमन्त्री भएका छन । हिजोको कोइरालाको उमेरमा देउवा आज छन । चार पटक प्रधानमन्त्री खास करिस्मेटिक काम गर्न नसकेका देउवाले पाचौं पटक मिलिजुली सरकारको नेतृत्व गर्दा भने आफुलाइ अलि फरक देखाउन थालेका छन । कोइराला जस्तै असाध्यै कम वोल्ने देउवाको स्वभावै छ । छोटो र सुत्रमा उनी वोल्छन । लामो कुरा सुन्न सक्ने र आफनो कुरा दुइ वाक्यमा टुंग्याउने उनको वानी छ । देउवा म्यान अफ वर्ड हुन । जब कुनै वचन उनी दिन्छन,त्यो पुरा गर्छन । नहुने कुरा माग लिएर जाने ब्यक्तिसमक्ष तत्काल वताइदिन्छन ।

दुइ तिहाइको मत भएको केपी ओलीको सरकार ढलेर नयाँ मिलिजुली सरकार वनेपछि देउवाले आफुलाइ फरक रुपमा प्रस्तुत गरिरहेका छन । उनी फुकी फुकी पाइला चालिरहेका छन । सरकार वनेको तिन महिना सम्म पनि मन्त्रीपरिषद वनाउन सकेनन भन्ने वाहेक अर्को गम्भीर आरोप उनको सरकारलाइ छैन । र,अहिले न्यायालयको विवादमा कुनै कदम चालेनन भनेर उनी माथि अपेक्षाभावमा केही गुनासा सुनिन थालेका छन । तर,तिनलाइ देउवाले यो अदालतको विषय त्यही टुंग्याउनुपर्छ भनेर जवाफ दिने गरेका छन ।

देउवा पाचौं पटक वालुवाटार प्रवेश गरेपछि पाएको पहिलो प्रशंशा हो–राष्ट्रिय योजना आयोगको उपाध्यक्ष चयन । विश्व पौडेललाइ योजना आयोगमा लगेपछि उनले प्रशंशा पाए । यसअघि चाहि उनले पार्टी प्रवक्तामा विश्वप्रकाश शर्मालाइ चयन गरेर प्रशंशा पाए । यहाबाट उनले राम्रा मान्छे चयन गर्न थाले भनेर मानिसले देउवालाइ ध्यानपुर्वक हेर्न थाले । यो क्रम अहिलेलाइ तिन जना राजदुतको नाम चयन गरेको अवस्थासम्म आइपुगेको छ । अमेरिका,वेलायत र भारतमा राजदुतको लागि जुन मानिसको नाम देउवाले सिफारिश गरेका छन,यसले उनीलाइ फरक र गम्भीर देखाएको छ ।

देउवा प्रधानमन्त्री भएपछि तिन वटा प्राथमिकता सार्वजनिक गरे । उनले संसदमा मत माग्दै भने–मेरो तिन वटा प्राथमिकता छ । एक खोप । दुइ खोप । र, तिन खोप । जब उनी प्रधानमन्त्री भए तब भारत देखि जापानसम्म र चिन देखि अमेरिकासम्मबाट कोभिडको खोप आउन थाल्यो । अहिले १२ बर्ष माथिका युवालाइ खोप लगाउन थालिएको छ । कोभिड र खोप अहिले नेपालमा वहशको विषय नै छैन। अर्थात,उनले जे वोले त्यो पुरा भयो ।

नेपालमा प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतबाट गर्ने चलन नै थियो । यो चलन पनि देउवाले लामो समय पछि व्रेक गरेका छन । यसलाइ पनि उनी वदलिएको संकेत मान्न सकिन्छ । कतिसम्म भने त्यही वेलायत यात्रामा जादा पनि उनले भिभिआइपी कक्षको प्रयोग नगरि साधारण कक्षको प्रयोग गरे । र,वेलायतमा पुगेर उनले अमेरिकी राष्ट्रपति जो वाइडेन,वेलायती प्रधानमन्त्री वोरिस जोनसन,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट गरे । वाइडेन र जोनसोन अनि संयुक्त राष्ट्रसंघका महासचिवसंग जसरी पुर्ण आत्मविश्वासकोसाथ भेट गरे,यसबाट उनी परिपक्व भएको देखिन्छ । उनका तस्वीर लामो समय सामाजिक सञ्जालमा चर्चा र प्रशंशाको विषय वने । देउवा यस मामिलामा कति सफल देखिए भने मोदीसंग भेट हुने वित्तिकै नेपाल र भारतका प्रधानसेनापति स्तरको भेटको वातावरण खुल्यो । भारतीय प्रधानमन्त्री नेपाल आउने र देउवा भारत जाने प्रक्रिया अघि बढेको छ ।

देउवा प्रधानमन्त्री भएपछि तिन वटा प्राथमिकता सार्वजनिक गरे । उनले संसदमा मत माग्दै भने–मेरो तिन वटा प्राथमिकता छ । एक खोप । दुइ खोप । र,तिन खोप । जब उनी प्रधानमन्त्री भए तब भारत देखि जापानसम्म र चिन देखि अमेरिकासम्मबाट कोभिडको खोप आउन थाल्यो । अहिले १२ बर्ष माथिका युवालाइ खोप लगाउन थालिएको छ । कोभिड र खोप अहिले नेपालमा वहशको विषय नै छैन। अर्थात,उनले जे वोले त्यो पुरा भयो ।

प्रधानमन्त्री देउवाले पछिल्ला दिनमा अत्यन्त सरल र ब्यवहारिक पनि हुन थालेका छन । आफनै पालामा एमसिसिमा हस्ताक्षर भएकोले उनी अहिले पनि यसमा अडिग देखिन्छन । तर मिलिजुली सरकार र गठवन्धन भएकोले सहमतिपछि पास गर्छु भनिरहेका छन । उनको यो कुरालाइ मानिसहरुले आपत्ति मानेका छैनन वरु गठवन्धनको इज्जत गरेको ठानेका छन ।

नेपालमा प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतबाट गर्ने चलन नै थियो । यो चलन पनि देउवाले लामो समयपछि ब्रेक गरेका छन् ।

प्रधानमन्त्री देउवा अलि बढी नै ब्यवहारिक पनि हुन थालेका छन । हालै मात्र नेपालले भारतलाइ विद्युत निर्यात गरयो । यसपछि अनेक टिप्पणी नेपालमा भए । तर उनले राष्ट्रवादी भएर फरक कोणबाट कुरा राखे । उनले भने–यदि भारतले विद्युत खरिद गरेन भने के गर्ने ? यसैले हामीले आफै खपत वढाउनुपर्छ । उनको यो वोली भुईंमा खस्न नपाउदै उनका कटु आलोचकहरुले समेत प्रशंशा गरे । वास्तवमै पहिले विद्युत उत्पादन नियमित गर्ने,आफुले खपत गर्ने अनि वढी भएको मात्र वेच्ने कुरा प्रशंशीय हुन्छ । नेपालमा ग्यास र पेट्रोलियम पदार्थको भाउ अचाक्ली महंगो भइरहेको बेलामा यदि हामीले विद्युतको खपत वढाउन सक्यौं भने इन्धनको आयात घटछ । नेपालको लागि यो भन्दा राष्ट्रवादी सोच अरु के हुन सक्छ ?

प्रधानमन्त्री देउवा अहिले दोहरो मारमा छन । पार्टीको महाधिवेशन भएकोले उनलाइ पार्टीका विरोधीले तारो वनाइरहेका छन । पार्टीकै नेता डा.शेखर कोइरालाले सरकार कहाँ छ ? भनेर प्रश्न गरेर आफनै सरकारको खरो आलोचना गरेका छन । उता नजिकिदो चुनावले पनि कांग्रेस कम्युनिष्ट पार्टीको तारो वनिरहेको छ । यस्तो बेलामा गठवन्धन सरकार छ र यसलाइ टुटाउन स्वयम कांग्रेस वृ्त्तमा नै कसरत भइरहेको छ । यो चुनौती पनि देउवाले सामना गरिरहेका छन । यसका वावजुद पनि दुरगामी असर पर्ने कुरामा शान्त वस्ने,जनहितका कुरामा एक्सनमा उत्रन देउवा थालेका छन ।

गत चुनाव हारेपछि कांग्रेसको मनोवल असाध्यै गिरेको थियो । सम्भवत: यो पाच बर्ष सरकार जाने कुरामा कांग्रेसले सोचेको पनि थिएन । तर,यस विचमा कम्युनिष्ट पार्टी फुटेका छन,केन्द्रिय सरकार ढलेको छ । प्रदेश सरकारमा कांग्रेसले प्रमुख हिस्सा लिएको छ । चुनावको वखतमा सत्तामा पुगेको कांग्रेसलाइ कति उर्जा मिल्छ,त्यो नेपाली कांग्रेस वाहेक अरुले राम्रो जान्दैनन । चुनाव हारेको दललाइ सरकारमा पुरयाउने जश देउवालाइ वाहेक अरुलाइ दिन सकिन्न । अव उनले वाँकी अवधिमा राम्रोसंग काम गर्ने र गिरेको कांग्रेसको शाख पुन उठाउने अभिभारा लिएका छन । देउवाले एउटा स्वस्थ र सवल पार्टी,विचारवान पुस्ताको हातमा सुम्पन सके भने उनको नाम सुनौलो अक्षरले लेखिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *