राजनीति

स्याङ्जा कांग्रेस सभापतिमा प्रकाश मल्लको पल्लाभारी, महामन्त्रीका आकाक्षी धनराजका दाजु महाधिवेशनमै पराजित

काठमाडौं । नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनमा स्याङजा जिल्ला सभापतिमा प्रदेश सांसद प्रकाश मल्लको पल्लाभारी देखिएको छ । सभापतिका आकांक्षी मल्लको पक्षमा पल्लाभारी देखिएको जिल्लाका नेता कार्यकर्ता बताउछन । बहुमत क्षेत्रीय प्रतिनिधि मल्लको पक्षमा देखिएसँगै उनी पक्षीय नेता कार्यकर्ता निकै उत्साहित बनेका छन ।


मल्ल गण्डकी प्रदेशका सांसद हुन । जिल्लामा लोकप्रिय छबी बनाएका मल्ला २०७४ को प्रदेशसभा निर्वाचनमा स्याङ्जा २(ख) बाट निर्वाचित भएका थिए । उनी पार्टीका नेता,कार्यकर्ता, सुभेच्छुक, शुभचिन्तक र जिल्लाबासीले रुचाएका नेता हुन ।


महामन्त्रीका अकांक्षी समेत रहेका केन्द्रीय सदस्य धनराज गुरुङको भूमिका जिल्लामा कमजोर देखिएको छ । केन्द्रको टिमभन्दा बहिर गएर आफ्ना दाजु यमबहादुर गुरुङलाई जिताउन जिल्लामा राजु थापासँग धनराजले गठबन्धन गरेका थिए । त्यो गठवन्धले पनि यम बहादुरलाई काम गरेन । अन्ततः उनी पराजित भए ।


स्याङजामा पार्टीका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निर्वाचन क्षेत्र स्याङ्जा २ बाट संस्थापन पक्षाका बहुमत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन । गोपालमानलाई अन्तर्धातको गरेको आरोप लागेका भोजराज अर्याल महाधिवेशनमा पराजित भएका छन । शंकर पाण्डे र खुमा अर्यालले महाधिवेशन लड्ने हिम्मतै गरेनन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *