राजनीति

आफ्नै निर्वाचन क्षेत्र काठमाडौ – १ मा प्रकाशमानलाई झड्का, अधिकांश महाधिवेशन प्रतिनिधि देउवा पक्षले जित्यो


काठमाडौं । पार्टी सभापतिका आकांक्षी पूर्वमहामन्त्री प्रकाशमान सिंह आफ्नै क्षेत्रमा कमजाेर देखिएका छन । प्रकाशमन सिंहको प्रतिनिधि सभा निर्वाचन क्षेत्र काठमाडौं–१ बाट देउवा पक्षले क्षेत्रीय कार्यसमिति र अधिकांश माहाधिवेशन प्रतिनिधि जितेको छ ।


नेपाली कांग्रेस काठमाडौ– १ को क्षेत्रीय सभापतिमा प्रकाश राणा सर्वसम्मत चयन भएका छन । उनको निकटता संस्थापन पक्षसँग छ । काठमाडौं उपत्यकामा आफ्नो वर्चश्व रहेको दाबी गर्दै आएका सिंहले आफ्नो निर्वाचन क्षेत्र समेत कन्ट्रोल गर्न सकेनन । काठमाडौं १ मा मोहन राईको प्रभावकारी भूमिका देखिएको छ ।


प्रकाशमानको पक्षमा स्पष्ट महाधिवेशन प्रतिनिधि न्युन संख्यामा मात्र जितेका छन । संस्थापन पक्षले अधिकांश प्रतिनिधि आफ्नो पक्षमा आएको दाबी गरेको छ । संस्थापन पक्षको दाबी सही छ भने प्रकाशमानका लागि काठमाडौंमा १ मा अनपेक्षित परिणाम आएको छ । कांग्रेस नेता तथा कार्यकर्ताले यस क्षेत्रमा परिवर्तनको पक्षमा अभिमत प्रकट गरेका छन ।

को–को जिते महाधिवेशन
खुल्लातर्फबाट आदर्श बिक्रम कार्की,कुश ढकाल,डा. सुरजराज काफ्ले, दिपेन्द्र श्रेष्ठ, प्रवल थापा, मोहन कुमार राई, राजेन्द्र गुरुङ,लिलेन्द्र प्रसाद प्रधान,सुरजचन्द्र लामिछाने र हिरालाल ताण्डुकार निर्वाचित भएका छन ।


खुल्ला महिलातर्फ इन्दु थापा, कल्याणी रिजाल, रेणु भट्राई र शान्ता दुलाल निर्वाचित भएका छन । खस आर्य पुरुषतर्फ ऋशिराज आचार्य र माधवराज लामिछाने निर्वाचित भएका छन भने खस आर्य महिलातर्फ अम्विका सुवेदी र भगवती कुमारी खड्का निर्वाचित भएका छन ।

जनजाति पुरुषतर्फ अर्जुन रानामगर, रबि सिंह र सम्भू तामाङ निर्वाचित भएका छन । यसै गरी जनजाति महिलातर्फ शारदा लामा र सुनिता श्रेष्ठ निर्वाचित भएका छन ।

अपांग-अल्पसंख्यकबाट कुलबहादुर परियार, मेधशी महिलातर्फ संझना उप्रेति रौनियार र दलिततर्फबाट कुवेर रम्तेल निर्वाचित र्भका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *